राजनीति

सर्वोच्चद्वारा छविलाललाई थुनामा पठाउनुको कारण

सर्वोच्च अदालतले सहकारी ठगीमा थुनामा रहनुभएका पूर्व डीआईजी छविलाल जोशीलाई थुनामा पठाउनुको कारण पेश गर्न आदेश जारी गरेको छ ।

मंगलबार न्यायाधीश विनोद शर्माको इजलासले छविलाई मुद्दाको पुर्पक्षका लागि थुनामा पठाउने उच्च अदालत तुलसीपुरको बुटबल इजलासको आदेशको कैफियत प्रतिवेदन मगाउन आदेश गरेको हो ।

उच्च अदालत तुलसीपुरको बुटबल इजलासले गत साता रवि लामिछाने र छविलाल जोशीलाई थुनामा पठाउन आदेश गरेको थियो ।

बुटबलको सुप्रिम सहकारी ठगी प्रकरणका आरोपित एवं पूर्व डीआईजी जोशीले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन दिनुभएको थियो ।

सोही निवेदनमाथिको सुनुवाइपछि सर्वोच्चले प्रतिवेदन मगाउन आदेश जारी गरेको हो । जोशी सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेयता थुनामै हुनुहुन्छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.