विश्व समाचार

हलिउडका कलाकर्मीहरु आन्दोलनमा, अमेरिकी चलचित्र उद्योगमा धक्का

विश्वको सबभन्दा ठूलो चलचित्र उद्योग हलिउड यतिबेला आन्दोलित भएकोे छ । हलिउडका पटकथा लेखकहरूले गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै हलीवुडकर्मीहरू काम रोकेर आन्दोलनमा सहभागी भैरहेका छन् ।

झन्डै एक लाख ६० हजार कलाकारहरूले अमेरिकी समय अनुसार बिहीवार मध्यरातबाट काम गर्न छाड्ने छन्। यसबाट अमेरिकी चलचित्रमाा ठूलो धक्का लागेको छ ।

किलिअन मर्फी, म्याट डेमन र एमली ब्लन्ट जस्ता प्रख्यात कलाकारहरू लन्डनमा आयोजित क्रिस्टोफर नोलनको ओपनहाइमर चलचित्रको प्रमिअर कार्यक्रमबाट बाहिरिएका छन्।

कलाकारहरूले काम नगर्ने भएपछि अमेरिकी फिल्म र टेलिभिजन क्षेत्रमा निर्माणका धेरै कामहरू रोकिने छन्। शुक्रवार बिहान सबैभन्दा पहिले क्यालिफोर्नियास्थित नेटफ्लिक्सको मुख्यालय बाहिर धर्ना सुरु हुनेछ र त्यसपछि कलाकारहरूले पारामाउन्ट, वार्नर ब्रोस र डिज्नी अगाडि पनि धर्ना दिनेछन्।

कलाकर्मीहरुले एसएजीले ‘सेल्फ-टेप्ड अडिसनु अर्थात् आफैँले आफ्नो कलालाई भिडिओमा उतारेर प्रतिस्पर्धाहरूमा पठाउनुपर्ने काममाथि कडा खालको नियमन हुनुपर्ने माग गरेको छ। उसले त्यस्ता अडिसनहरूका कारण अनुचित रूपमा कलाकारले अतिरिक्त लागतको सामना गर्नुपरिरहेको ठानेको छ।

एसएजीद्वारा अनलाइन प्रकाशित एउटा हडतालसम्बन्धी दस्तावेज अनुसार उक्त विरोध प्रदर्शनमा अभिनय, गायन वा नृत्य, साथसाथै विभिन्न विधामार्फत् मनोरञ्जन प्रदान गर्ने कलाकारहरू सहभागी हुनसक्ने उल्लेख गरिएको छ। उक्त विरोधका पृष्ठभूमिमा विभिन्न कार्यक्रम र प्रचारात्मक अभियान पनि हुनेछन्।

बिबिसिका अनुसार आधिकारिक रूपमा स्क्रिन एक्टर्स गिल्ड- अमेरिकन फेडरेसन अर्थात् एसएजी-एएफटीआरए रूपमा चिनिने उक्त सङ्घले बुधवार प्रमुख स्टुडियोहरूसँग सम्झौता गर्न असमर्थ भएको घोषणा गरेको छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.